राजमार्ग अवरोध गर्दैगर्दा जनमत पार्टीका उपाध्यक्ष पक्राउ – Nepal Press

राजमार्ग अवरोध गर्दैगर्दा जनमत पार्टीका उपाध्यक्ष पक्राउ

जनकपुरधाम । जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष इन्जिनियर वसन्त कुशवाहा पक्राउ परेका छन् ।

पूर्व-पश्चिम राजमार्ग अवरूद्ध गर्न नेतृत्व गरेका उनलाई रौतहटको चन्द्रनिगाहपुरबाट प्रहरीले पक्राउ गरेको हो । अध्यक्ष सीके राउतको सचिवालयले उनी पक्राउ परेको जानकारी दिएको छ ।

शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको राउतले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर