मंगल ग्रहको उत्तरी ध्रुबमा हिउँ नै हिउँ : चिनियाँ यानले पठायो आकर्षक सेल्फी
नेपाल प्रेस
२०७८ पुष २० गते १२:२०
काठमाडौं । मंगल ग्रहको कक्षलाई फन्को मारिरहेको चिनियाँ यान तियानवेन-१ मार्स रोभरले नयाँवर्षको छेकोमा रातो ग्रहबाट लोभलाग्दा सेल्फीलाई पृथ्वीमा पठाएको छ ।
मंगलमात्र नभएर आफ्नै आकर्षक सेल्फी पनि उक्त यानले खिचेको छ । तस्बिरमा मंगलको उत्तरी ध्रुवको एउटा दुर्लभ दृश्य पनि छ जहाँ हिउँको कलात्मक ल्यान्डस्केप देख्न सकिन्छ ।
मंगल सतहमा २४४ दिनदेखि रहेको चिनियाँ झुरोङ यानले अहिले मंगलमा जीवको अस्तित्वको खोजी गरिरहेको छ ।
प्रतिक्रिया