राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा एमाले उम्मेदवारले गरे मनोनयन दर्ता
नेपाल प्रेस
२०७८ पुष २० गते १६:०६
रूपन्देही । राष्ट्रियसभामा रिक्त सदस्य पदको निर्वाचनका लागि लुम्बिनी प्रदेशमा नेकपा एमालेका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् ।
एमालेको तर्फबाट दाङ घोराहीका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनारले मनोनयन दर्ता गराएका हुन् ।
एमालेका नेताहरु दलबल र ब्यानरसहित मनोनयन दर्ता गराउन गएका थिए ।
प्रतिक्रिया