राष्ट्रियसभा निर्वाचन : प्रदेश २ मा एमालेबाट अन्सारी र साहको उम्मेदवारी
नेपाल प्रेस
२०७८ पुष २० गते १६:२७
जनकपुरधाम । राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश २ मा नेकपा एमालेले पनि उम्मेदवारी दर्ता गराएको छ ।
एमालेबाट अल्पसंख्यकतर्फ उसमान अन्सारी र महिलातर्फ बिना साहले उम्मेदवारी दिएकी हुन् । अन्सारी पर्सा र बिना रौतहटकी छन् ।
जनकपुरस्थित निर्वाचन कार्यालयमा एमालेका नेता कार्यकर्ताहरु जुलुससहित उम्मेदवारी दर्ता गराउन पुगेको थियो ।
एमालेले हिजो धनुषाका असर्फी भिनवार यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर अन्तिम समयमा आएर यादवको ठाउँमा अनसारीलाई उम्मेदवार बनाएको छ ।
प्रतिक्रिया