पार्टी निर्माणमा सम्पूर्ण रूपमा लाग्न विध्यार्थी संगठनलाई प्रचण्डको निर्देशन – Nepal Press

पार्टी निर्माणमा सम्पूर्ण रूपमा लाग्न विध्यार्थी संगठनलाई प्रचण्डको निर्देशन

काठमाडौं । माओवादी(केन्द्र)का अध्यक्ष प्रचण्डले अखिल(करान्तिकारी)लाई पार्टी निर्माणमा सम्पुर्ण ध्यान र शक्ति प्रयोग गर्न निर्देशन दिएका छन् । अध्यक्षमा निर्वाचित भएपछि बधाई दिन पुगेका अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहसहितको टोलिलाई निर्देशन दिंदै प्रचण्डले गुट उपगुट भत्काउन र क्रान्तिकारी पार्टी निर्माण गर्न भनेका हुन ।

अखिल(क्रान्तिकारी)का नेता जीपी मैनालीका अनुसार भेटमा प्रचण्डले महाधिवेशनले समाजवाद उन्मुख कार्यदिशा सहितको बिचार अबलम्बन गरेको र बिचार अनुसारको क्रान्तिकारी संगठन निर्माण अबको आबश्यक्ता भएको बताएका छन् । पार्टी पुन:निर्माणमा आफु सम्पुर्ण सामर्थ्य सहित जुटिसकेको र नेता कार्यकर्ताहरुबाट पनि यहि अपेक्षा गरेको उनले बताए ।

आठौं महाधिवेशनले समग्र देशको नेतृत्व गर्ने गरि बिचार र कार्यक्रम तयार पारेको भन्दै उनले क्रान्तिका लागी अलग अलग पर्टीको आवश्यक्त अब जरुरी नभएको धारणा राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर