किर्ते गरेर छोरासहित अमेरिका भासिन खोजेका गाउँपालिका अध्यक्षमाथि कारबाहीको माग – Nepal Press

किर्ते गरेर छोरासहित अमेरिका भासिन खोजेका गाउँपालिका अध्यक्षमाथि कारबाहीको माग

काठमाडौं । अमेरिका छिर्न गाउँ कार्यपालिका बैठकको निर्णय किर्ते गर्ने संखुवासभाको चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्वु शेर्पामाथि छानबिन तथा कारबाही गर्न एमाले, माओवादी चिचिला गाउँपालिका कमिटी र राष्ट्रिय युवा संघ नेपालले माग गरेको छ ।

छोरालाई समेत अमेरिका लैजान गाउँपालिकाबासीको हीतविपरीत रहेर कीर्ते कागजात बनाइ गाउँपालिकाको बदनाम गरेको भन्दै राष्ट्रिय युवा संघ नेपाल संखुवासभाका संयोजक ध्रुव खड्का र एमाले चिचिला गाउँपालिका कमिटीका अध्यक्ष लोकबहादुर घले र माओवादी गाउँ कमिटी अध्यक्ष डमब्रजंग गुरुङले विज्ञप्तिमार्फत कारबाही माग गरेका छन् ।

अध्यक्ष शेर्पाले अमेरिका भ्रमणका लागि उनी र छोरासहित नौ जनाको खर्च व्यहोर्ने गरी मंसिर २४ गते गाउँपालिकाबाट निर्णयको किर्ते कागज तयार पारेको नेपाल प्रेसले बाहिर ल्याएको थियो । तर, पुस १९ गते खर्च व्यहोर्ने विषयमा निर्णय नभएको भन्दै गाउँपालिकाले विज्ञप्तिमार्फत बचाउ गरेको थियो ।

यो पनि पढ्नुहोस् : छोरासहित अमेरिका भासिन गाउँपालिका अध्यक्षको भयानक किर्ते

अध्यक्ष शेर्पाले अमेरिका भ्रमणका लागि यातायात, होटल खर्च र भत्ता रकम गरी कुल ७६ लाख ९६ हजार ५० रुपैयाँ खर्च हुने अनुमानित बजेट समेत कीर्ते कागजात गाउँपालिकाकै लेटरप्याडमा तयार गरेका थिए । अमेरिकाको सिकागोमा आयोजित छेटौं स्मार्टसिटी टेक्नोलोजी सेम्पोसियम एण्ड एक्जिविसन कार्यक्रमका लागि जाने भन्दै उनले ती कागजात तयार गरेको खुल्न आएको थियो ।

भ्रमण टोलीमा अध्यक्ष उनका छोरा थिलेन शेर्पा, संवैधानिक आयोगका केही पदाधिकारी र केही कर्मचारीकोसमेत नाम थियो ।

यो पनि पढ्नुहोस् : चिचिला गाउँपालिकाको टोलीमा अमेरिका नजाने दुई आयोगका पदाधिकारीको घोषणा

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर