संस्थापनइतर समूहले शेखरलाई भन्यो वरिष्ठ नेता


काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको भेलामा शेखर कोइरालाई वरिष्ठ नेताको रूपमा सम्बोधन गरिएको छ । यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेलले संस्थापनइतर समूहको नेतृत्व गरेका थिए ।
१४औं महाधिवेशनमा पराजित कोइरालालाई उद्घोषक कांग्रेसका युवा नेता डिल्लीराम सुवेदीले कोइरालालाई वरिष्ठ नेता भनी सम्बोधन गरेका छन् । यसअघि रामचन्द्र पौडेल सो समूहको नेता रहेकामा अब शेखरले औपचारिकरूपमै सो समूहको नेतृत्व गरेका छन् ।
राजधानीको एउटा होटलमा राखिएको वैठकमा कोइराला पक्षबाट महाधिवेशनमा जितेका र हारेका नेताहरू उपस्थित भएका छन् । कोइराला पक्षबाट उपसभापतिमा विजयी धनराज गुरुङ पनि बैठकमा सहभागी भएका छन् ।
यसैगरी पराजित उपाध्यक्ष र महामन्त्रीमा पराजित उम्मेदवारहरु डा. चन्द्र भण्डारी र डा. मिनेन्द्र रिजाल पनि बैठकमा छन् । रिजालले पार्टीमा पराजयपछि रक्षामन्त्रीबाट राजीनामा दिएका थिए ।