युनिमनिको र्‍याफल ड्र क्याम्पियन: आइफोन १३ र सुनको सिक्का जित्ने मौका – Nepal Press

युनिमनिको र्‍याफल ड्र क्याम्पियन: आइफोन १३ र सुनको सिक्का जित्ने मौका

काठमाडौं । आईएमई ग्रुपद्वारा संचालित आईएमई लिमिटेड र आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आईएमई पे’ र मनि ट्रान्सफर युनिमनी एक्सचेन्जवीच युनिमनिको र्‍याफल ड्र क्याम्पियनमा प्रमोसन पार्टनरको रूपमा समझदारी भएको छ ।

र्‍याफल ड्र क्याम्पियनमा सम्पूर्ण सेवाग्राहीले युनिमनि कतार मोवाइल वा युनिमनिको अफिसियल वेभसाइटमार्फत पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले आइफोन १३ र ३० जनाले २ देखि १ सय ग्रामसम्म सुन जित्न सक्ने छन् । जनवरी १ देखि सुरू क्याम्पियन १४ मार्चसम्म लागू हुनेछ ।

विद्युतीय च्यानलहरूको प्रवर्द्धन गर्न तयार पारिएको सोही क्याम्पियनको विजेता घोषणा विद्युतीय माध्यमबाट स्थानीय मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा छनोट हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर