नेकपा एसनिकट पत्रकारको विवाद टुंगियो, बहिष्कार गरेका नेताहरू समेटेर कमिटी विस्तार – Nepal Press

नेकपा एसनिकट पत्रकारको विवाद टुंगियो, बहिष्कार गरेका नेताहरू समेटेर कमिटी विस्तार

काठमाडौं । नेकपा एस सम्बद्ध समाजवादी प्रेस संगठनको विवाद हल भएको छ । संगठनका संस्थापक नेताहरू विश्वमणि सुवेदी, नरेन्द्र साउद, रामकुमार एलन र जीवन बिसीको पदीय व्यवस्थापनसँगै फागुन ७ मा राष्ट्रिय भेला आयोजना गर्ने निर्णयपछि उक्त संगठनको विवाद हल भएको हो ।

अध्यक्ष शम्भु श्रेष्ठको अध्यक्षतामा विहीबार सम्पन्न संगठनको बैठकले सुवेदीलाई वरिष्ठ उपाध्यक्ष, साउदलाई उपाध्यक्ष, एलनलाई उपमहासचिव र बिसीलाई विधान मस्यौदाको जिम्मेवारी दिइएको छ ।

यसअघि राष्ट्रिय भेला बहिष्कार गरेका नेताहरूलाई समेटेर कार्य समिति टुंगो लगाइएको हो ।

संगठनको उपाध्यक्षमा अब वरिष्ठ उपाध्यक्ष सुवेदीसहित प्रकाश खतिवडा, शीतल साह,नरेन्द्र साउद, भवानी कर्की, बुद्धवीर बाहिङ राई, शान्तराम बिडारी, तीर्थराज सिग्देल, नवराज छतकुली, श्रीराम सिग्देल, विकास बन्जाडे, दुर्गा थापा र राजेन्द्र कुँवर रहेका छन् ।

महासचिवमा भुपराज खड्का छन् भने उपमहासचिवमा रामकुमार एलन, तेजप्रसाद वाग्ले र उर्मिला कुँवर छन् । कोषाध्यक्ष कृष्णराज गौतम र सचिवमा गोविन्दप्रसाद चौलागाई, सुभाषप्रसाद साह र उत्तरसिंह विष्ट छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *