गोरखा पुगेर गगनले भने- अबको चुनावमा रुख बाहेक अन्त भोट हाल्दैनौं


गोरखा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी चुनावमा कांग्रेसले कुनै पार्टीसँग पनि गठबन्धन नगर्ने बताएका छन् ।
शुक्रबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षणमा कांग्रेस कार्यकर्ताले अबको चुनावमा रुख चिन्हबाहेक अन्त भोट हाल्ने अवस्था नआउने प्रष्ट्याए ।
उनले भने, ‘अघिल्लोपटक राष्ट्रिय परिस्थिति नै त्यस्तै बनेको थियो, यो पटक त्यस्तो बन्दैन । कांग्रेसका कार्यकर्ताले अबको चुनावमा रुख चिन्ह बाहेक अन्त भोट हाल्नुपर्ने अवस्था आउँदैन । म यो विश्वास दिलाउन चाहन्छु ।’
आगामी वैशाखमा स्थानीय चुनाव हुने उनले बताए । ‘वैशाखको मसान्तसम्ममा स्थानीय चुनाव हुन्छ र अर्को वर्षको मंसिरसम्ममा आम चुनाव हुन्छ । मैले बुझेको संविधान यही हो, मैले बुझेको कानून यही हो र अदालतले संसद् पुन:स्थापना गर्दा भनेको पनि यही हो’, उनले भने ।
थापाले पार्टीका नेता कार्यकर्तालाई विधानअनुसार गतिविधि गर्न निर्देशन दिए ।
तागत भये काङ्रेस् ले कुनैपर्टि, याने आफ्नो गड फादर प्रचन्डे- माकुने संग पनि गठबन्धन नगरिकन येक्ले चुनाब लडेर देखाये हुन्छ्। यहा खोकेर केहि हुदैन तिम्रो मालिक देउवाले यो गथबन्धन आगामि निर्बाचन सम्म नै कायम रहन्छ भनि सकेको छ।
तिम्राे हैसियत नै छैन । गठबन्धन गर्ने नगर्ने देउवाकाे हातमा छ । तिमीजस्ता त उनका पुच्छर मात्र हाै ।
कत्रो पिर हो, अन्त कतै भोट हाल्नु पर्ने दिन आउछ कि भन्ने, न पार्टीको ठेकान न चुनाब चिन्हको !! माकुने र प्रचण्डको बैसाखी टेकेर उभिएको अनि परमादेशको लट्ठी टेकेर हिनेको बेला बोलि खिपेर फेरी पनि झुक्क्याउने खेल सपार्ने दाउ !!!