पाँच दल, अदालत र नागरिक समाजले संविधान जोगाए : पूर्व राष्ट्रपति यादव (भिडिओ) – Nepal Press

पाँच दल, अदालत र नागरिक समाजले संविधान जोगाए : पूर्व राष्ट्रपति यादव (भिडिओ)

काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नै खत्तम पार्न खोजेको टिप्पणी गरेका छन् ।

‘मार्क्सवाद र विश्व कम्युनिष्ट आन्दोलन’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले एकै वर्षमा दुई-दुई पटक संविधानमाथि आक्रमण गरेर यसलाई खत्तम पार्न खोजिएको टिप्पणी गरेका हुन् ।

उनले भने – एक वर्षमा दुई-दुई पटक संविधानमाथि आक्रमण भएको छ । सदनमाथि आक्रमण भएको छ । प्रधानमन्त्री र राष्ट्रपति लगायत मिलेर नै यसलाई खत्तम गर्न खोेजेजस्तो भएको छ ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले तत्कालिन समयमा दुई पटक संसद विघटन गरेका थिए । पछि अदालतले विघटनलाई बदर गरेको थियो ।

पूर्वराष्ट्रपति यादवले राज्यका अंगहरुलाई पौष्टिक आहार दिएर मजवुद बनाउनुपर्नेमा बारम्बार प्रहार भइरहेको पनि बताएका छन् ।

पाँच राजनीतिक दल, नागरिक समाज र अदालतले संविधान जोगाएको उल्लेख गर्दै पूर्वराष्ट्रपति यादवले अहिले अदालत र सदनमा देखिएको गतिरोध अन्त्यका लागि राष्ट्रपति, प्रधानमन्त्री र राजनीतिक दलहरुले भूमिका खेल्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर