कैलाली एमाले : १५० पदमा ३२९ जनाको उम्मेदवारी, ४८ जना निर्विरोध निर्वाचित – Nepal Press

कैलाली एमाले : १५० पदमा ३२९ जनाको उम्मेदवारी, ४८ जना निर्विरोध निर्वाचित

कैलाली । नेकपा एमाले कैलालीमा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिएको छ । १५० पदमा ३२९ जनाको उम्मेदवारी परेको छ ।

अध्यक्षका लागि वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्दको उम्मेदवारी छ । उपाध्यक्षमा दुर्गा जोशी र सिताराम बुढाथोकीको उम्मेदवारी परेको छ ।

सचिवमा दान बहादुर विक र डेजि पाण्डेको उम्मेदवारी छ । यस्तै उपसचिवमा मदन ओझा, प्रेम चौधरी, ममता चौधरी, लोकेन्द्र साही र विनय शाहको उम्मेदवारी परेको छ ।

१२ पदको खुल्ला पुरुषमा ५७ जनाको उम्मेदवारी छ । खुल्ला तर्फ १२ महिना निर्विरोध निर्वाचित भएका छन् । भूगोलतर्फ १ बाट २५, जना २ बाट ३१ जना, ३ बाट २० जना ४ बाट ३० र ५ बाट ३० जनाले मनोनयन दर्ता भएको छ ।

५ वटै निर्वाचन क्षेत्रबाट भूगोल महिला ५/५ जनाका दरले २५ जना निर्विरोध निर्वाचित भएका छन् । जनजातितर्फ ३ पदमा ११ जनाको उम्मेदवारी छ । महिलातर्फ २ जना निर्वाचित भइसकेका छन् ।

दलिततर्फ ८ पदमा १७ जनाको उम्मेदवारी छ । राना थारुतर्फ ८ जनाको पदमा १५ जनाको उम्मेदवारी छ । राना थारु तर्फ ५ महिला निर्विरोध निर्वाचन भएका छन् ।

पेसागत खुल्ला तर्फ १ पदमा २ जनाको उम्मेदवार छ । १ पदमा महिला निर्विरोध भएका छन् ।

मजदुरतर्फ पुरुष र महिला गरि ३ जना निर्वाचित भएका छन् । दलिततर्फ ८ जनामा १७ जनाको उम्मेदवारी छ भने महिलातर्फ ४ जनाको पदमा ९ जनाको उम्मेदवारी छ ।

अपाङ्गतर्फ १ पदमा ३ जनाको उम्मेदवारी छ । अल्पसंख्यकमा पनि १ जनाको पदमा ३ जनाको उम्मेदवारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर