प्रेम आलेको दावी : बतासलाई कारवाही गर्न देउवा र ओलीको सहमति छ – Nepal Press

प्रेम आलेको दावी : बतासलाई कारवाही गर्न देउवा र ओलीको सहमति छ

काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेले नारायणहिटी संग्रहालय प्रकरणमा आफूलाई प्रधानमन्त्री शेरबहादुर देउवाको साथ रहेको दावी गरेका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि यसमा समर्थन गरेको उनको भनाइ छ ।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आलेले कौडीको भाउमा नारायणहिटीको जग्गा मिलेमतोमा बतास समूहलाई दिने कार्य खेदजनक रहेको टिप्पणी गरे । यसमा कारवाही गर्न आफूलाई कसैको रोकटोक नरहेको पनि उनले बताए ।

प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री ओलीको समेत बतास समूहसँग साँठगाँठ रहेको चर्चाबारे पत्रकारले सोधेको प्रश्नमा आलेले भने, ‘यो गलत हो । मलाई प्रधानमन्त्री देउवाले नै यसमा एक्सन लिएकोमा धन्यवाद दिनुभएको छ । ओलीले पनि आफूलाई यसमा नमुछ्न भन्नुभएको छ । उहाँहरु दुवैको सहमति छ । मलाई कसैले पनि रोकटोक गर्न सक्नुहुन्न ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर