चितवनमा पत्रकार मञ्च गठन
नेपाल प्रेस
२०७८ पुष २६ गते १८:४२
चितवन । चितवनमा सक्रिय पत्रकारहरुले पश्चिम चितवन पत्रकार मञ्च गठन गरेका छन् ।
पश्चिम चितवनका पत्रकारहरुको भेलाले हेमराज रिमालको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरेको हो ।
मञ्चको उपाध्यक्षमा प्रतिमा कुमाल, सचिवमा हिरालाल आचार्य (डायमण्ड), सहसचिवमा समिर चापागाईं, कोषाध्यक्षमा सुनिल पौडेल चयन भएका छन् ।
सदस्यहरुमा ऋषिराम रेग्मी, प्रकाश लामिछाने, हरिहर भुषाल, सिसम महतो, लोकनाथ भुषाल, माधुरी बराल चयन भएका छन् ।
मञ्चको सल्लाहकार समितिमा रामशरण गैह्रे, छबिलाल न्यौपाने, किशोर खनाल, प्रदिप घिमिरे, अपिल घिमिरे र मुकुन्द भुषाल चयन भएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर