मेडिकल कलेजहरुले लिएको अतिरिक्त शुल्कको विषय गम्भीरताका साथ लिएको छु : गृहमन्त्री – Nepal Press

मेडिकल कलेजहरुले लिएको अतिरिक्त शुल्कको विषय गम्भीरताका साथ लिएको छु : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाडले चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनमा मेडिकल कलेजहरूले लिएको शुल्कका विषय आफूले गम्भीरतापूर्वक लिएको बताएका छन् ।

सात विद्यार्थी संगठनहरुले मेडिकल कलेजहरुले लिएको अतिरिक्त शुल्कका विषयमा बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री खाडले यस्तो बताएका हुन् ।

उनले यो विषयमा परामर्श गरेर अगाडी बढ्ने प्रतिवद्धता समेत जनाए ।

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौलगायतका विद्यार्थी संगठनले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै उनले शिक्षा मन्त्रालयमार्फत यो विषय आएमा आफूहरूलाई सहज हुने बताए । उनले शिक्षामन्त्रीलाई पनि ध्यानाकर्षण गराउन समेत विद्यार्थी नेताहरूलाई आग्रह गरे ।

उनले भने, ‘तपाईहरूले गराएको ध्यानाकर्षणलाई मैले गम्भीरताफूर्वक लिएको छु । हामी परामर्श लिएर अगाडि बढ्छौँ । शिक्षा मन्त्रालयलाई पनि ध्यानाकर्षण गराउनु भयो र त्यहाँबाट पत्र आयो भन्ने हामीलाई सहज हुन्छ । यही ध्यानाकर्षण शिक्षामन्त्रीलाई गराउनुस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर