विवेकशील-साझाको कार्यालयमा रुक्मांगदले राखे पृथ्वीनारायण शाहको तस्बिर – Nepal Press

विवेकशील-साझाको कार्यालयमा रुक्मांगदले राखे पृथ्वीनारायण शाहको तस्बिर

काठमाडौं । विवेकशील साझा पार्टीको बखुण्डोलस्थित कार्यालयमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर राखिएको छ ।

पृथ्वी जयन्तीको अवसर पारेर आज पार्टी कार्यालयमा आयोजित कार्यक्रमकै क्रममा सो तस्बिर राखिएको हो ।

विवेकशील साझाले पृथ्वीनारायण शाहको योगदानबारे चर्चा गर्न पूर्वसेनापति रुक्मांगद कटवाललाई निम्त्याएको थियो ।

कटवालले पार्टीका नेता-कार्यकर्तामाझ पृथ्वीनारायण शाहबारे करिब ४५ मिनेट प्रवचन दिएका थिए । उक्त प्रवचनपश्चात कटवालकै हातबाट शाहको तस्बिर पार्टी कार्यालयभित्र झुण्ड्याएर माल्यार्पण गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर