कास्की एमाले अध्यक्षमा पृथ्वीसुब्बा निकट मनबहादुर विजयी – Nepal Press

कास्की एमाले अध्यक्षमा पृथ्वीसुब्बा निकट मनबहादुर विजयी

काठमाडाैं । नेकपा एमाले कास्की जिल्लाको अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित भएका छन् । उनी एमाले प्रवक्ता पृथ्वीसुब्बा गुरुङ निकट हुन् । गुरुङले ४५६ मत ल्याउँदा प्रत्यासी दामोदर बैरागीले ४०७ मत ल्याए । बैरागीलाई अर्का नेता खगराज अधिकारीको समर्थन थियो ।

उपाध्यक्षमा प्रभा कोइरालालाई ८ मतान्तरले पराजित थरी तेजनारायण अधिकारी विजयी भएका छन् । अधिकारीले ४२१ मत पाए । सचिवमा वैनबहादुर अधिकारी ४७५ मतसहित विजयी भए । उपसचिवमा दर्शन लामा (५४०) र नवराज ओझा (४४३) मतसहित विजयी भए । उपसचिवका लागि चारजनाबीच प्रतिस्पर्धा थियो ,

पदाधिकारी जितेकामध्ये उपाध्यक्ष अधिकारीमात्र मनबहादुर प्यानलका हुन् । अन्य विजयीहरु अध्यक्षमा पराजित उम्मेदवार बैरागी समूहका हुन् ।

मनबहादुर केन्द्रीय नेता पृथ्वीसुब्बा गुरुङको निकट छन् भन अर्का उमेदवार दामोदर बैरागी खगराज अधिकारीसँग निकट छन् । दुवै ओलीनिकट हुन । तर यहाँ भने पृथ्वीसुब्बाविरुद्ध खगराजको चुनावजस्तो देखिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर