कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन आजबाट, नेताहरूले सम्बोधन गर्ने – Nepal Press

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन आजबाट, नेताहरूले सम्बोधन गर्ने

सुर्खेत । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन आजबाट सुरू हुँदैछ ।

दिउँसो ३ बजेबाट तय गरिएको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएका पत्रहरू पढेर सुनाउने कार्यसूची रहेको सभामुख राजबहादुर शाहीले जानकारी दिए ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता सत्तारुढ दलहरु मुख्यमन्त्री एवम काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही, नेकपा माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाही र नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता एवम भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाही, प्रतिपक्षी यामलाल कंडेल, राप्रपाका शोसिला शाहीले सम्वोधन गर्ने बताइएको छ ।

आज बसेको कार्यव्यवस्था परामर्श समितिले प्रमुख नेताहरूको सम्बोधनपछि सरकारले सदन बन्द रहेको समयमा ल्याएका अध्यादेशहरू सदनमा आजै पेस हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर