एमाले अछाम : तीनसय मतगणना हुँदा अध्यक्ष बाहेक सबै पदमा शाह प्यानल अगाडि – Nepal Press

एमाले अछाम : तीनसय मतगणना हुँदा अध्यक्ष बाहेक सबै पदमा शाह प्यानल अगाडि

कैलाली । नेकपा एमाले अछामको ३०० मत गणना सम्म अध्यक्ष पदका उम्मेदवार चन्द्र बोहराको अग्रता कायमै रहेको छ । चन्द्र बोहराको १५८ र प्रकाश शाहको १३६ मत रहेको छ ।

उपाध्यक्ष, सचिव र उपसचिवमा शाह प्यानलका उम्मेदवारको अग्रता कायमै रहेको छ ।

उपाध्यक्षमा भीम बहादुर बिष्ट ११३, बल बहादुर कुँवर १६४, सचिवमा आदर्श साउँद ८८, भीम बहादुर रावल (कालोटोपी) १९१, उप-सचिवमा टोप शाही ९१, डम्बर बिसी ९३, लिलाराज केसी ५५, प्रेम महर १११, प्रेम खत्री ९६, नवराज साउँद २६ र शेर बहादुर बुढाको २४ मत रहेको छ ।

पदाधिकारीसँगै भूगोल, खुला, महिला, दलित, जनजाति, अपांग, अल्पसंख्यकमा समेत दुई प्यानल बनाएर चुनावी प्रतिपष्पर्धा भइरहेको छ ।

अछाममा ७५० मत खसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर