सेयर बजार ५४ अंकले बढ्यो
नेपाल प्रेस
२०७८ पुष २९ गते १५:४४
काठमाडौं । साताको अन्तिम दिन आज सेयर बजार ५४.१२ अंकले वृद्धि भएको छ । नेप्से परिसूचक १.९३ प्रतिशतले वृद्धि हुँदा २८५७.७५ पुगेको छ ।
२ सय २४ वटा कम्पनीको ६ अर्ब ६६ करोड रुपैयाँको सेयर खरिद बिक्री भएको छ । आज १ करोड १८ लाख ३४ हजार २ सय १६ कित्ता सेयर कारोबार भएको छ ।
सबैभन्दा धेरै सेयर मूल्य भोटेकोशी जलविद्युत आयोजनाको वृद्धि भएको छ । सो कम्पनीका ९.९८ सेयर मूल्य वृद्धि भएको हो ।
त्यस्तै, सबैभन्दा धेरै सेयर कारोबार भने अपर तामाकोशी भएको छ । सो कम्पनीको ३४ करोड ३१ लाख ४३ हजार २ सय ४५।७० रुपैयाँको सेयर कारोबार भएको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर