मन्त्री झाँक्रीले आज १०० दिने प्रगति सार्वजनिक गर्दै – Nepal Press

मन्त्री झाँक्रीले आज १०० दिने प्रगति सार्वजनिक गर्दै

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्री आज आफ्नो कार्यसमीक्षा र प्रगति विवरण सार्वजनिक गर्दैछिन् ।

मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा उनले आज मध्यान्न पत्रकार सम्मेलन गरी प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रम छ ।

गत असार अन्तिम साता प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले २२ असोजमा मात्र मन्त्रिपरिषद् विस्तार गरेका थिए । २२ असोजमा १६ मन्त्री र २ राज्यमन्त्री थपिँदा झाँक्री पनि सहरी विकासमन्त्री बनेकी थिइन् ।

उनी आज १०० दिने प्रगति सार्वजनिक गर्न लागेकी हुन् ।


प्रतिक्रिया

One thought on “मन्त्री झाँक्रीले आज १०० दिने प्रगति सार्वजनिक गर्दै

  1. काे काे बाट कति कति खाएकाे हाे त्याे पनि बताउनु । अन्यथा तिम्राे कुरा झुठ हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर