सत्तारुढ गठबन्धनको बैठक स्थगित – Nepal Press

सत्तारुढ गठबन्धनको बैठक स्थगित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको व्यस्तताका कारण सत्तारुढ गठबन्धनको बैठक स्थगित भएको छ । आज ४ बजे गठबन्धन समन्वय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको थियो ।

प्रधानमन्त्रीको कार्यव्यस्तताको कारण देखाउँदै बैठक स्थगित गरिएको गठबन्धन समन्वय समितिका एक नेताले बताए ।

आजको बैठकमा स्थानीय तहको निर्वाचनभन्दा पहिले संसदीय निर्वाचन गर्नेबारे छलफल हुने बताइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर