न्यानोका लागि दाउराको जोहो (तस्बिरहरू) – Nepal Press

न्यानोका लागि दाउराको जोहो (तस्बिरहरू)

काठमाडौं । पश्चिमी वायुको प्रभावले आज बिहानदेखि संघीय राजधानी काठमाडौंलगायत देशको अधिकांस भूभागमा चिसो बढेको छ ।

उक्त मौसमी प्रणालीको प्रभावले तीन दिनसम्म देशभर आंशिकदेखि सामान्य बदली रहने र पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंको आकाशमा बिहानैदेखि बाक्लो तुवालो लागेकाले चिसो महसुस गरिएको छ । चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ ।

आज उपत्यकाको तापक्रम १७ देखि १९ डिग्री सेल्सियस रहने र वर्षातको संभावना ३० प्रतिशत रहेको महाशाखाले जनाएको छ । भोलि काठमाडौंको तापक्रम ४ देखि ६ प्रतिशत हुने अनुमान गरिएको छ ।

काठमाडौंमा जाडो बढेपछि न्यानोको जोहो गर्दै गरेका केही तस्बिर हेरौं :-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *