लेखापरीक्षण प्रतिवेदन नबुझाउने ३ दलको दर्ता खारेज – Nepal Press

लेखापरीक्षण प्रतिवेदन नबुझाउने ३ दलको दर्ता खारेज

काठमाडौं । निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन नबुझाएका तीन वटा राजनीतिक दलको दर्ता खारेज गरिदिएको छ।

नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद नामका दलको दर्ता खारेज गरिएको आयोगले जानकारी दिएको छ। यी दलले लेखापरीक्षण प्रतिवेदन बुझाएका थिएनन्। लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगले २० हजारसम्म गरिवाना गर्ने गर्छ।

गत साउन २० मा यी दललाई लेखापरीक्षण प्रतिवेदन बुझाउन आयोगले आग्रह गरेको थियो। लेखापरीक्षण र आयोगको सूचना बमोजिम जरिवाना पनि नबुझाएकोले तीन दल खारेज गरिएको आयोगले जनाएको छ। २०७३÷७४ मा यी दल आयोगमा दर्ता भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर