माओवादी स्थायी कमिटी बैठकमा तीनै तहको निर्वाचन एकैपटक गर्नेबारे छलफल – Nepal Press

माओवादी स्थायी कमिटी बैठकमा तीनै तहको निर्वाचन एकैपटक गर्नेबारे छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रले तीनै तहको निर्वाचन एकै पटक गर्ने विषयमा छलफल गरेको छ ।

आज बसेको पार्टीको स्थायी कमिटी बैठकमा स्थानीय तह, प्रदेश र संघीय निर्वाचन एकैपटक गर्ने विपयमा छलफल भएको हो ।

पार्टी प्रवक्ता कृष्णबहादुर महराले तीन वटै तहको निर्वाचन एकैपटक गर्ने विषयमा छलफल भएको र आजै बस्ने संयन्त्रको बैठकमा पनि छलफल गरिने बताए ।

संयन्त्रको बैठकमा छलफल भएपछि मात्रै पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने उनको भनाई छ ।

अहिले सत्तारुढ गठबन्धनभित्र स्थानीय तहको निर्वाचन कहिले गर्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन् ।

गठबन्धनका शीर्ष नेताहरु लगातार छलफलमा जुटेपनि निर्वाचन आयोगले प्रस्ताव गरेको मितिमा सहमति जुट्न सकेको छैन् ।

आयोगले बैशाख १४ गते स्थानीय तहको निर्वाचन गर्नसकिने प्रस्ताव गरेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो राष्ट्रका नाममा सम्बोधन गर्दै तीन वटै तहको निर्वाचन यहि वर्षभित्र हुने बताएपनि कहिले हुने भन्ने बारेमा केही बोलेनन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर