कैलालीमा एक जना कोरोना संक्रमितको मृत्यु
नेपाल प्रेस
२०७८ माघ ८ गते ११:४८
कैलाली । कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ का ५२ वर्षीय पुरुष रहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
मुटुको समस्या देखिए पछि उनी उपचारका लागि पुष २५ गते उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।
उनको पीसीआर परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।
प्रतिक्रिया