पूर्व प्रधानन्यायाधीशको निधनमा आइतबार अदालत बन्द गर्ने ‘फुल कोर्ट’को निर्णय
नेपाल प्रेस
२०७८ माघ ८ गते १३:२०
काठमाडौं । पूर्व प्रधानन्यायाधीश मोहन प्रसाद शर्माको निधनमा शोक मनाउन आइतबार सर्वोच्च अदालत लगायत देशभरका सबै अदालत बन्द हुने भएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको अध्यक्षतामा शनिबार बसेको सर्वोच्च अदालतका न्यायाधीसहरु सम्मिलित पूर्ण बैठकले आइतबार अदालतमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
पूर्व प्रधानन्यायाधीश शर्माको गत बिहीबार ८८ वर्षको उमेरमा निधन भएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर