वर्षमान पुन सोमबार काठमाडौं आइपुग्ने – Nepal Press

वर्षमान पुन सोमबार काठमाडौं आइपुग्ने

काठमाडौं । स्वास्थ्य उपचारका लागि बिदेश गएका माओवादी केन्द्रका नेता वर्षमान पुन सोमबार स्वदेश फर्कने भएका छन्। उनी गत असोजमा उपचारका लागि थाइल्यान्ड प्रस्थान गरेका थिए भने त्यतैबाट चीन पुगेका थिए । उनी आगामी सोमबार बेलुका ८ बजे उनी नेपाल फर्किने स्वकीय सचिव सन्तोष पुनले जनाए ।

स्वकीय सचिव पुनका अनुसार नेता वर्षमानलाई चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनले स्वास्थ्यमा सुधार भएसँगै डिस्चार्ज गरेको थियो । नेता पुन पार्टीको आठौं महाधिवेशनमा पनि आउन सकेका थिएनन् । उनकै आग्रहमा माओवादीको पदाधिकारी चयनको प्रक्रियामा पनि स्थगित भएको थियो ।

माओवादीले पुन आएपछि मात्र प्रक्रिया अघि बढाउने तयारी थालेपनि कोभिडको कारण अनिश्चित बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर