नेकपा एस त्यागेर एमालेमै फर्किइन् हरिपुरकी उपमेयर काफ्ले – Nepal Press

नेकपा एस त्यागेर एमालेमै फर्किइन् हरिपुरकी उपमेयर काफ्ले

काठमाडौं । सर्लाहीको हरिपुर नगरपालिकाकी उपमेयर रेणुका काफ्ले नेकपा एकीकृत समाजवादी त्यागेर एमालेमै फर्किएकी छन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट उपमेयर बनेकी काफ्लेले पार्टी विभाजनसँगै कानूनले दिएको समयभित्र नेकपा एसमा सनाखत गरेकी थिइन् ।

जिल्लाकी लोकप्रिय महिला नेता काफ्ले नेकपा एस परित्याग गरी एमालेमै फर्किएको स्थायी कमिटी सदस्य प्रभु साहले बताएका छन् । महासचिव शंकर पोखरेलले उनलाई एमालेमा स्वागत गरेका थिए ।

काफ्लेसँगै उनी निकट कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर