ओलम्पिकको मुखैमा चीनद्वारा थप कोभिड प्रतिबन्धहरु लागू – Nepal Press

ओलम्पिकको मुखैमा चीनद्वारा थप कोभिड प्रतिबन्धहरु लागू

बेइजिङ । विन्टर ओलम्पिक सुरु हुन दुई साताभन्दा पनि कम समय बाँकी रहँदा कोभिड-१९ को केही घरेलु संक्रमण देखिएपछि राजधानी बेइजिङमा प्रतिबन्धहरुको घोषणा गरिएको छ ।

जनवरी २२ मा बेइजिङमा ९ वटा कोभिड केसहरु देखिएका थिए । जसमध्ये ६ वटा सहरको फेङताइ जिल्लाका थिए ।

फेङताइले स्थानिय बासिन्दाहरुको नुक्लेइक एसिड परीक्षण गर्ने भएको छ । अधिकारीहरुले फेङताइसहितका जोखिमपूर्ण सहरका बासिन्दालाई घर नछाड्न निर्देशन दिएका छन् ।

सरकारका प्रवक्ताले फेङताइ सहरका बासिन्दालाई भीडभाडमा नजान निर्देशन दिइएको बताए । बेइजिङ महानगरले पनि बासिन्दालाई कोभिड-१९ को शंका लागे न्यूक्लेइक परीक्षण गर्न भनेको छ ।

अधिकारीहरुले क्यानडाबाट आएको एक प्याकेजमा ओमिक्रोन संक्रमण भएको हुनसक्ने बताएका छन् । रोयटर्ससँगको कुराकानीमा फेङताइ सहरका केही अभिभावकले खोप नलगाएकालाई भीडभाडमा नजाने भनिएको जनाएका छन् ।

जनवरी २२ मा चीनमा ५६ वटा नयाँ कोभिड संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य आयोगका अनुसार ६३ बाट घटेर त्यति संक्रमित पुष्टि भएका हुन् । जसमध्ये १९ वटा केस चाहिँ घरेलु केस रहेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर