राष्ट्रियसभा चुनाव : मधेस प्रदेशमा ६ जनाले हालेनन् भोट – Nepal Press

राष्ट्रियसभा चुनाव : मधेस प्रदेशमा ६ जनाले हालेनन् भोट

जनकपुरधाम । राष्ट्रियसभा निर्वाचनअन्तर्गत आज भएको मतदानमा मधेस प्रदेशमा ९८ प्रतिशत मत खसेको छ । सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ३७२ मतदातामध्ये ३६६ जनाले मतदान गरेका छन् ।

राष्ट्रियसभा निर्वाचन मधेस प्रदेशका प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार प्रदेशसभातर्फ १०२ र स्थानीय तहतर्फ २६४ मत खसेको छ । प्रदेशसभा सदस्यतर्फ २ जना र स्थानीय तह (प्रमुख, उपप्रमुख) तर्फ ४ जनाले मतदान गरेनन् ।

मधेस प्रदेशमा राष्ट्रियसभाका दुई सदस्यका लागि ५ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

सत्ता गठबन्धनबाट माओवादीकी उर्मिला अर्याल र जसपाका खालिद सिद्दिकीले उम्मेदवार छन् । लोसपाले रुपाकुमारी यादव र नेकपा एमालेले उसमान अन्सारीलाई उम्मेदवार बनाएको छ । लोसपा र एमालेले चुनावी गठबन्धन गरेपनि मतभारका हिसावले सत्ता गठबन्धन मजबुत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर