कानूनमन्त्री बडुलाई कोरोना संक्रमण – Nepal Press

कानूनमन्त्री बडुलाई कोरोना संक्रमण

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुलाई कोभिड–१९को संक्रमण पुष्टि भएको छ ।

पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्री बडुको सचिवालयले जानकारी दिएको छ । उनले बुधबार पीसीआर परीक्षण गरेका थिए । संक्रमण पुष्टि भएपछि मन्त्री बडु आइसोलेसनमा छन् ।

यसअघि पर्यटनमन्त्री प्रेम आलेलाई पनि कोभिड१९ संक्रमण भएको थियो । उनी संक्रमणमुक्त भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर