निर्वाचनबारे निर्णय लिन देउवाले बोलाए कांग्रेस केन्द्रीय समितिको बैठक – Nepal Press

निर्वाचनबारे निर्णय लिन देउवाले बोलाए कांग्रेस केन्द्रीय समितिको बैठक

काठमाडौं । स्थानीय निर्वाचनबारे धारणा बनाउन नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक बोलाएका छन् । बैठक शुक्रबार भर्चुअल माध्यमबाट बस्नेछ ।

कांग्रेस महामन्त्री गगन थापाले कोभिड संक्रमणको जोखिमका कारण भर्चुअल बैठक बोलाइएको बताए ।

‘कोभिडप्रति सजग रहँदै राष्ट्रिय राजनीतिका महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकोले भर्चुअल बैठक बस्न लागेको हो’, महामन्त्री थापाले भने । बैठकमा राष्ट्रियसभा निर्वाचनको समीक्षासँगै स्थानीय निर्वाचनको बारे छलफल हुने बताइएको छ ।

बैठकमा कार्यसम्पादन समिति गठनबारे पनि छलफल हुनेछ ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले आजै निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गर्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर