५ वर्ष कैद र ५० हजार जरिबाना माग गर्दै मन्त्री यादवविरुद्ध जाहेरी – Nepal Press

५ वर्ष कैद र ५० हजार जरिबाना माग गर्दै मन्त्री यादवविरुद्ध जाहेरी

काठमाडौं । भौतिक पूर्वाधार मन्त्री रेणु यादवलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिबाना माग गर्दै कांग्रेस नेता रञ्जित कर्णले प्रहरीमा जाहेरी दिएका छन् ।

मन्त्री यादवले रौतहटमा दिएको अभिव्यक्तिले साम्प्रदायिक द्वन्द्व बढाएको भन्दै कांग्रेसका युवा नेता कर्णले जिल्ला प्रहरी कार्यालय रौतहटमा हुलाकमार्फत जाहेरी दिएका हुन् ।

संविधानसभा सदस्यसमेत रहेका कर्णले दिएको उजुरीमा मन्त्री यादवले गौर काण्ड दोहोरिने अभिव्यक्ति दिएकोबाट हिंसालाई प्रश्रय पुगेको दाबी गरिएको छ । जाहेरीमा मुलुकी अपराध संहिता २०७४ को दफा ४९ को ४ को कसुर ठहर गरी सोही दफाको ५ (ग) बमोजिम साजयको मागदाबी गरिएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा ४ को असुर ठहर भएमा ५ वर्ष कैद र ५० हजारसम्म जरिबाना हुने दफा ५ (ग) मा उल्लेख छ ।

सप्तरी प्रहरीले जाहेरी दर्ता नगरेका कारण हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी पठाएको कर्णले जानकारी दिएका छन् । कर्णले आजै सप्तरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै हिंसात्मक अभिव्यक्ति दिने मन्त्री यादवलाई पदमुक्त गर्न मागसमेत गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर