मूल्यवृद्धिको विरोधमा निगमको प्रादेशिक कार्यालय घेराउ
नेपाल प्रेस
२०७८ माघ १३ गते १६:१४
सुर्खेत । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगम सुर्खेतको प्रादेशिक कार्यालय घेराउ गरिएको छ ।
नेकपा एमाले निकट अनेरास्ववियु सुर्खेतले मूल्यवृद्धिको विरोधमा आयल निगमको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतमा धर्ना दिएको हो ।
पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि खारेज गर्न माग गर्दै कार्यालय घेराउ गरिएको हो ।
अनेरास्ववियुले यसअघि मुख्यमन्त्री कार्यालयमा विरोध कार्यक्रम गरेको थियो।
प्रतिक्रिया
सम्बन्धित खवर