ओलीको स्वास्थ्यलाभको कामना गर्दै युवा संघको रक्तदान – Nepal Press

ओलीको स्वास्थ्यलाभको कामना गर्दै युवा संघको रक्तदान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्दै युवा संघ नेपालले उपत्यकाका विभिन्न ठाउँमा रक्तदान कार्यक्रम गरेको छ ।

कोरोना संक्रमण भएर होम आइशोलेसनमा बसिरहेका अध्यक्ष ओलीको स्वास्थ्यलाभको कामना गर्दै युवा संघले रक्तदान कार्यक्रम गरेको हो ।

युवा संघ भक्तपुर, ललितपुर र काठमाडौं जिल्ला कमिटीसँगै युथ फोर्स, अन्तरजिल्ला विशेष प्रदेश कमिटीलगायतले रक्तदान कार्यक्रम गरेको युवा संघका प्रचार विभाग प्रमुख महराज गुरुङले जानकारी दिए ।

भक्तपुर, मंगलबजार, बानेश्वरलगायत ठाउँमा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा सयौंले रक्तदान गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर