जनमत पार्टीका कार्यकर्ताले निकाले जन्जिर जुलुस – Nepal Press

जनमत पार्टीका कार्यकर्ताले निकाले जन्जिर जुलुस

जनकपुरधाम । सिके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेशका जिल्लाहरुमा जन्जिर (हतकडी) जुलुस निकालेको छ । किसानका माग पुरा गर्न निरन्तर आन्दोलनमा रहेको सो पार्टीले आन्दोलनकारीहरुलाई पक्राउ गर्न थालेको भन्दै जनमत पार्टीले जन्जिर जुलुस प्रदर्शन गरेका हुन् ।

जनमतका कार्यकर्ताहरुले धनुषा, सिरहा, महोत्तरी, सर्लाही लगायतका जिल्लामा आज दिउँसो हातमा जन्जिर बाँधेर सरकारविरुद्ध नाराबाजी गरे ।

प्रदर्शनका क्रममा जनमतका कार्यकर्ताहरुले ‘पक्राउ परेका किसानलाई रिहा गर’, ‘दमनकारी सरकार मुर्दावाद’, ‘किसानको माग पुरा गर ’जस्ता नारा लगाएका थिए ।

जनमत पार्टीका नेता संजय यादवले पूर्व घोषित कार्यक्रम अनुसार आज जन्जिर जुलुस प्रदर्शन गरेको बताए ।

जनमत पार्टीले किसान आन्दोलन सुरु गरेको आज १ महिना ६ दिन पुरा भएको छ । तर सरकारसँग वार्ता सम्भव हुन सकेको छैन् । सरकारले माग पुरा नगरे माघ २० गतेबाट राजमार्गमै खाना पकाउने र बन्द गर्ने घोषणा समेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर