राष्ट्रियसभाको बैठक सोमबारका लागि बोलाइयो – Nepal Press

राष्ट्रियसभाको बैठक सोमबारका लागि बोलाइयो

काठमाडौं । राष्ट्रियसभाको बैठक सोमबार दिउँसोको लागि बोलाइएको छ । अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रियसभाको बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाएका हुन्। यसअघि गत माघ २ गते अर्को सूचना नआउन्जेललाई बैठक स्थगित गरिएको थियो ।

संघीय संसदको महासचिव डा। भरतराज गौतमद्वारा शनिबार जारी सुचनामा भनिएको छ,‘राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (१) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०७८ साल माघ १७ गते सोमवार दिनको १स्०० बजे बैठक बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर