सुर्खेत एमालेले गर्‍यो जिम्मेवारी बाँडफाँट, कसको जिम्मा कुन विभाग ? – Nepal Press

सुर्खेत एमालेले गर्‍यो जिम्मेवारी बाँडफाँट, कसको जिम्मा कुन विभाग ?

सुर्खेत । नेकपा एमाले सुर्खेतले जिल्ला कमिटीका विभागमा नेताहरुको जिम्मेवारी बाँडफाँट गरेको छ । जिल्ला कमिटीको दोश्रो पूर्ण वैठकले सो निर्णय गरेको एमाले सुर्खेत अध्यक्ष अमृत विसीले जानकारी दिए ।

‘भुगोलको केहि जिम्मेवारी बाँडफाँट गरेका छौं भने जिल्लाका ९९ वडामा जिल्ला कमिटीका सदस्यलाई इन्चार्जको भूमिका दिएका छौं,’ उनले भने,

उनका अनुसार चौकुने गाउँपालिकामा गोपाल विसी इन्चार्ज, निर्मला राना सहइन्चार्ज, पञ्चपुरी नगरपालिकामा इन्चार्ज तुलबहादुर सहकारी, बराहताल गाउँपालिकामा इन्चार्ज डम्बर गरन्जा, वीरेन्द्रनगर नगरपालिकामा इन्चार्जको जिम्मा डम्बर तिवारीले पाएका छन् ।

यस्तै चिङ्गाड गाउँपालिकामा बोधविक्रम जिसी, लेकबेशी नगरपालिकामा टिकाराम सोमै, भेरीगंगा नगरपालिकामा यज्ञ प्रसाद ढकाल, गुर्भाकोट नगरपालिकामा बलबहादुर नेपाली र सिम्ता गाउँपालिकामा दिपा चन्द मल्ल इन्चार्ज तोकिएको अध्यक्ष विसीले बताए ।

वैठकले केहि विभागको जिम्मेवारी समेत बाँडफाँट गरेको छ । स्कुल विभागमा घनश्याम पाण्डे, संगठन विभागमा कुलमणि देवकोटा, आर्थिक विभागमा डम्बर तिवारी, स्थानीय विभागमा कविन्द्र कुमार केसी, सहकारी विभाग हरिहरनाथ योगी, प्रचार प्रसार विभागमा गंगाराम तिमिल्सेना चयन भएका छन् ।

‘माघ २५ गतेसम्म पालिका र वडाका वैठक सम्पन्न गरिसक्ने निर्णय भएको छ । जिल्ला अधिवेशनमा पराजित भएका साथीहरुलाई पनि बाँकी रहेका विभाग र फाँटामा जिम्मेवारी दिने गरी तयारी भइरहेको छ,’ अध्यक्ष विसीले भने, ‘सबै साथीहरुलाई हामी मिलाएर लैजान्छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर