कर्णालीमा एमालेले सशक्त प्रतिपक्षीको भूमिका निभाउने – Nepal Press

कर्णालीमा एमालेले सशक्त प्रतिपक्षीको भूमिका निभाउने

सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशसभामा सशक्त प्रतिपक्षीको भूमिका निभाउने भएको छ । कर्णाली सरकारको कार्यसम्पादन चुस्न बनाउन प्रतिपक्षीको भूमिका कमजोर रहेको आरोप लाग्दै आएको थियो ।

आज दिउँसो एक बजेका लागि प्रदेश सभाको वैठक बोलाइएको छ । एमालेले सदनमा सरकारका गलत कार्यको भण्डाफोर गर्ने तयारी भइरहेको नेताहरुले बताएका छन्

अध्यादेशमार्फत बजेट ल्याएको कर्णाली प्रदेश सरकारले टुक्रे आयोजना बनाएको, कार्यकर्तामुखी बजेट वितरण गरे, पुराना आयोजना सम्पन्न नहुँदै अलपत्र पार्ने काम भएको जस्ता आरोप सरकारमाथि लागेका छन् ।

यस्तै, एमाले सांसदहरु भएको निर्वाचन क्षेत्रमा बजेट विनियोजन गर्दा पक्षपातपूर्ण भूमिका सरकारले देखाएको आरोप प्रमुख प्रतिपक्षी दल एमालेको छ ।

एक जिल्ला एक रंगशाला निर्माण देखि एक पालिका एक नमूना विद्यालय जस्ता कार्यक्रमलाई टुक्रा पारेर सरकारले विकास गर्न नखोजेको भन्दै एमाले चिढिएको छ ।

‘अबहामी सदनमा रचनात्मक भूमिका निर्वाह गर्छौं । सदनमा सरकारलाई खबरदारी गर्छौं,’ एमाले सांसद पद्मा खड्काले भनिन्, ‘विगत हेर्नु भन्दा पनि हामी वर्तमान हेर्छौं र जनताका गुनासा सम्वोधन गराउन सदनमा शसक्त भूमिका खेल्छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर