शेखरले भने- स्थानीय चुनावको मिति घोषणा गर्न सरकारले गठबन्धनमा होइन निर्वाचन आयोगसँग छलफल गर्नुपर्छ – Nepal Press

शेखरले भने- स्थानीय चुनावको मिति घोषणा गर्न सरकारले गठबन्धनमा होइन निर्वाचन आयोगसँग छलफल गर्नुपर्छ

महाधिवेशनमा पराजित भएका सिनियर नेतालाई केन्द्रय समितिमा मनोनीत गर्न आग्रह

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले निर्वाचन आयोगसँग छलफल गरेर स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन् । सत्ता गठबन्धनको बैठक बसेर जेठमा चुनाव गर्ने निर्णयमाथि प्रश्न उठाउँदै उनले सरकारले छलफल गर्नुपर्ने निकाय निर्वाचन आयोग भएको सम्झाए ।

विराटनगरस्थित कोइराला निवासमा आइतबार पत्रकारसँग कुरा गर्दै नेता कोइरालाले सरकार सुल्टो बाटोमा हिड्नुपर्ने बताए ।

सरकारले निर्वाचनका विषयमा सीधै निर्वाचन आयोगसँग छलफल गरी टुङ्गो लगाउनुपर्ने उनको भनाइ छ ।

कोइरालाले भने, ‘ऐन-कानून परिवर्तन गरेर निर्वाचन सार्न नहुन्न । गठबन्धन दलसँग भन्दा पनि सरकारले निर्वाचन आयोगसँग छलफल गरेर निर्वाचनको मिति तोक्दा राम्रो हुन्छ ।’

अर्को प्रसंगमा कोइरालाले कांग्रेसको १४औं महाधिवेशनमा पराजित पार्टीका सिनियर नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुपर्ने बताए। यसका लागि आफूले नेतृत्वलाई सुझाव दिने कोइरालाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर