संविधान र ऐन बाझियो भन्नु चुनाव सार्ने बहानाबाजी : नेता तामाङ – Nepal Press

संविधान र ऐन बाझियो भन्नु चुनाव सार्ने बहानाबाजी : नेता तामाङ

काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले स्थानीय निर्वाचन गर्नका लागि संविधान र ऐन नबाझिएको दाबी गरेका छन् । आइतबार रिपोर्टस क्लवको संवादमा तामाङले चुनाव सार्ने बहानाबाजी मात्रै भएको बताए ।

‘संविधान र ऐनका प्रत्येक धारा-धारामा छलफल भएको थियो,’ उनले भने, ‘त्यतिबेला देख्ने अहिले नदेख्ने । यो निर्वाचन सार्ने बहानाबाजी मात्रै हो । संविधानको धारा २२५ र निर्वाचन ऐन बाज्दै बाज्दैन । त्यहाँ छुनै पर्दैन । कुनै बहानाबाजी नगरिकन छिटोभन्दा छिटो निर्वाचनको तिथि घोषणा गर्नुपर्छ ।’

अर्को प्रसंगमा तामाङले आफूहरूका कारण नभइ सत्तारुढ गठबन्धनकै कारण संसद अवरुद्ध भएको दाबी गरे। ‘संसद हामीले चल्न नदिएको होइन,’ उनको भनाइ छ, ‘गठबन्धन सरकारले नै सार्दै सार्दै आएको छ । यस्तो गर्न थालेको त दुई महिना भइसक्यो । संसद त उहाँहरूले अवरुद्ध गरिरहनु भएको छ ।’

सत्तारुढ गठबन्धन एमालेसँग वार्ता गरेमा संसद संचालनबारे एमाले सकरात्मक भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर