राजनीतिक प्रतिसोधका आधारमा संसदमा प्रस्तुत हुन्नौँ : नेता कँडेल – Nepal Press

राजनीतिक प्रतिसोधका आधारमा संसदमा प्रस्तुत हुन्नौँ : नेता कँडेल

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले सरकारले प्रस्तुति हेरेर सदनमा आफूहरुले भूमिका खेल्ने बताएका छन् ।

आठौं अधिवेशनमा एमाले उठाएका मुद्दाहरु अहिले असान्दर्भिक रहेको उल्लेख गर्दै उनले राजनीतिक प्रतिशोधका आधारमा प्रश्न नउठाइने बताए ।

उनले भने, ‘कर्णाली प्रदेशसभाभित्र राजनीतिक प्रतिशोधका आधारमा प्रश्न उठाउँदैनौ । तर अब स्थानीय तह एकदिनपछि खाली नहुने गरि काम गर्न सरकारलाई दबाव दिन्छौँ । निर्वाचनमा हारजित स्वभाविक हो, संविधानभन्दा बाहिर गएर स्थानीय तहलाई पदाधिकारी बिहीन बनाउँन पाईंदैन भनेर सकारलाई दबाव दिन्छौँ ।’

उनले सरकारबाट विनियोजित बजेटका विषयमा सरकारले प्रष्ट हुनुपर्ने बताए । दुई, तीन लाखका दरले बजेट बाँड्ने काम भएको उल्लेख गर्दै उनले भने, ‘कहाँ कति बजेट गएको छ त्यो जान्न पाउनु सांसदको अधिकार हो ।’

उनले मुख्यमन्त्री रोजगार र पूर्वाधार कार्यक्रमको कार्यविधि बदल्ने चलन गलत भएको पनि बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर