संविधानसँग ऐन बाझिएकै छ, संशोधनपछि मात्रै स्थानीय चुनाव हुन्छः बिडारी – Nepal Press

संविधानसँग ऐन बाझिएकै छ, संशोधनपछि मात्रै स्थानीय चुनाव हुन्छः बिडारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवम् वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले स्थानीय तहको निर्वाचनका सन्दर्भमा संविधान र ऐन बाझिएको बताएका छन् ।

आइतबार रिपोर्टस क्लवमा आयोजित साक्षत्कार कार्यक्रममा बिडारीले बाझिएको कुरा सुधार गरेर मात्रै स्थानीय तहको चुनाव हुने बताए ।

‘कानून र संविधान बाझिएको छ,’ उनले भने, ‘यो दोस्रो चुनाव भएको हुनाले पदावदीको गणना पटकबाट हुने हो । पदावदीको गणना हुने भएकाले संविधान र ऐन बाझिएको थाहा भएको हो । संविधानसँग बाझिएका कानून मिलाउनुपर्छ । संधिवानसँग बाझिएका कानून राखिराख्नु भएन, त्यसैले ऐन संशोधन गर्नुपर्छ ।’

संविधानले स्थानीय जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष तोकेको भन्दै बिडारीले संविधानले दिएको अधिकार ऐनले काट्न नसक्ने बताए । ‘संविधानले भनेको दिन र संविधानले भने अनुसार चुनाव हुन्छ,’ उनले भने।


प्रतिक्रिया

One thought on “संविधानसँग ऐन बाझिएकै छ, संशोधनपछि मात्रै स्थानीय चुनाव हुन्छः बिडारी

  1. यो मान्छेले सहि कुरा गरे पनि गलत जस्तो लाग्छ,रहस्यमय माग राखेर न्यायालयमा अराजक प्रदर्शन गर्नमा यिनको भुमिका देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर