ओलीविरुद्धको उजुरी सीडीओ कार्यालयले दर्ता गर्न नमानेको युथ कांग्रेसका नेताको गुनासो – Nepal Press

ओलीविरुद्धको उजुरी सीडीओ कार्यालयले दर्ता गर्न नमानेको युथ कांग्रेसका नेताको गुनासो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संक्रमण फैलाउने कसूर गरेको भन्दै नेपाली कांग्रेसका एक कार्यकर्ताले लिएर गएको उजुरी भक्तपुर जिल्ला प्रशासन कार्यालयले फिर्ता गरेको छ ।

ओलीविरुद्ध उजुरी गर्ने युथ कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका भक्तपुरको सुर्यविनायक नगरपालिका १५ का अभिजित अधिकारी हुन् । आफ्नो उजुरी भने जिल्ला प्रशासनले दर्ता नगरेको उनले बताए ।

अधिकारीले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा बैठकमा व्यस्त रहेको भन्दै सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारले दर्ता गर्न नमिल्ने भनेर फर्काएको बताए ।

कोरोना संक्रमणबाट मुक्त नहुँदै अध्यक्ष ओली सार्वजनिक कार्यक्रममा उपस्थित भएर संक्रमण फैलाउन कार्य गरेको भन्दै शान्ति सुरक्षाका लागि आफूले उजुरी दिएको उनले बताए ।

एमालेले भने अध्यक्ष ओली कोरोना संक्रमणको एक सातापछि बाहिर निस्किएको र प्रोटोकलअनुसार ५ दिन आइसोलेसनमा बसेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर