कर्णाली प्रदेशसभामा मुख्यमन्त्रीको ३० मिनेट सम्बोधन : प्रतिपक्षी एमालेको खुलेरै प्रशंसा – Nepal Press

कर्णाली प्रदेशसभामा मुख्यमन्त्रीको ३० मिनेट सम्बोधन : प्रतिपक्षी एमालेको खुलेरै प्रशंसा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज प्रदेशसभामा सम्बोधन गरेका छन् । करिब आधा घण्टा सम्बोधन गरेका मुख्यमन्त्री शाहीले अधिकांश समय प्रतिपक्षी दल नेकपा एमालेको प्रशंसा गर्नमा नै बिताएका थिए ।

संघ र अन्य प्रदेहहरुमा समेत एमालेले निरन्तर संसद अवरोध गरिरहेका बेला कर्णालीमा भने आज निर्वाध रुपमा सञ्चालन भएको छ । प्रतिपक्षी दलको समेत सहभागिता रहेको सदनमा मुख्यमन्त्री शाहीले एमाले दलका नेता यामला कँडेलले दिएको मन्तव्यले आफ्नो छाति गर्वले फुलेको बताएका छन् ।

प्रदेशमा रहेको २४ निर्वाचन क्षेत्र र ती क्षेत्रबाट निर्वाचित प्रतिनिधिहरु नै जनताका लागि बोल्ने काम गर्ने भएकाले सबै एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको उनले बताए ।

उनले भने, ‘पछाडि पारिएको कर्णालीलाई कसरी राम्रो बनाउने भन्ने दायित्व हामी सबैको हो । वास्तममा प्रमुख प्रतिपक्ष दलका नेताले सुशासनका बारेमा, हाम्रा बजेटमा भएका गलत कुराका बारेमा कसरी अघि बढने भनेर चासो राख्नु भएको छ । यो कुरा उहाँबाट सुन्दा मेरो छाति फुलेको छ ।’

उनले अर्थ विधेयक अन्य विधेयक जस्तो नभएको बताउँदै सकेसम्म प्रमुख प्रतिपक्षी दललाई साथमा लिएर सुधार गर्न सकिने ठाउँमा सुधार गर्न तयार रहेको बताएका छन् ।

कानूनले वर्जित नगरेसम्मका लागि सरकार लचकताका साथ अघि बढ्ने बताउँदै प्रमुख प्रतिपक्षले निःस्वार्थ ढंगले सुशासन कायम गर्नका लागि बोलेको भन्दै उनले नेता कँडेलको प्रशंसा गरे । सुशासन कायम गर्ने नाममा सरकारले कुशासनको बाटोमा लाग्न नहुने बताउँदै आफू त्यस कुरामा सचेत र सजग रहेको उनको भनाई थियो ।

मुख्यमन्त्री शाहीले सदनमा प्रमुख प्रतिपक्षी दलका नेता कँडेलले उठाएका कुराको जवाफ दिन करिब आधा घण्टा खर्चेका थिए । कर्णाली प्रदेशसभाको अर्को बैठक भोली दिउँसो एक बजे बस्ने सभामुख राजबहादुर शाहीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर