दुई वर्षदेखि रोकिएको शाखा अधिकृतको नतिजा सार्वजनिक (सूचीसहित)
काठमाडौं । लोक सेवा आयोगले दुई वर्षदेखि रोकेर राखेको शाखा अधिकृतको नतिजा सार्वजनिक गरेको छ ।
सबै चरणको परीक्षा र अन्तरवार्ता भएपनि नतिजा मात्र सार्वजनिक आयोगले ढिलाई गरेको थियो । आयोगले दुई वर्षसम्म नतिजा सार्वजनिक नगरेपछि सर्वोच्च अदालतले नजिता तत्काल सार्वजनिक गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि आइतबार नतिजा सार्वजनिक भएको हो ।
लोक सेवा आयोगले सार्वजनिक गरेको नतिजा अनुसार नेपाल प्रशासन, लेखापरीक्षण र व्यवस्थापिका संसद सेवा अन्तरगत खुलातर्फ दुई सय ८१ सिफारिस भएका छन् ।
यस्तै महिलातर्फ ७६ जना, आदिवासी जनजातितर्फ ६१ जना, मधेशीतर्फ ३४ जना, दलिततर्फ १२ जना, अपांगता भएका व्यक्तितर्फ ११ जना, पिछडिएको क्षेत्रतर्फ १० जना सिफारिस भएका छन् ।
यस्तै आयोगले नेपाल परराष्ट्र सेवा र नेपाल बन सेवा तर्फको शाखा अधिकृत सरहकै नतिजा सार्वजनिक गरेको छ । जसमा नेपाल परराष्ट्र सेवामा खुलातर्फ दुई जना, महिलातर्फ एक जना सिफारिस भएका छन् ।
यस्तै नेपाल बन सेवामा खुलातर्फ चार जना, महिलातर्फ एक जना, आदिवासी जनजातितर्फ एक जना, मधेशीतर्फ एक जना सिफारिस भएका छन् ।