बिइङ ह्युमनका सञ्चालक बख्रेलको तस्करी सञ्जाल : महँगा रक्सीदेखि सुर्ती, चुरोटसम्म – Nepal Press

बिइङ ह्युमनका सञ्चालक बख्रेलको तस्करी सञ्जाल : महँगा रक्सीदेखि सुर्ती, चुरोटसम्म

काठमाडौं । अन्तर्राष्ट्रिय ब्रान्डका मदिरासहित पक्राउ परेका बिइङ ह्युमनका सञ्चालक सन्तोषचन्द्र बख्रेलको तस्करी सञ्जाल चुरोटदेखि कपडासम्म पनि जोडिएको प्रहरीले दावी गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले हिरासतमा रहेका बख्रेलमाथी अनुसन्धान गर्नेक्रममा खैनी, चुरोड, स्याम्पु र कपडालगायत सामान पनि बरामद गरेको छ ।

महाशाखाका अनुसार धुलो सुर्ती रहेको २५ सय केजी परिमाणको एक सय बोरा, ओपालेन लेखे‍को सुपर पावर लेखेको सुर्तीको खोल रहेको बोराहरु २९ थान, डोभ स्याम्पु, साबुन रहेको एप्पल उल्लेखित एउटा कार्टुन बरामद भएको छ ।

यस्तै क्लियो पत्र गोल्डेन किङ, माइवान्ड, मन्ड लेखेको चुरोट एक सय ४५ बन्डल रहेको कार्टुन तीन थान, १० लेखेको चुरोट ६ सय ४० बन्डल रहेको बोरा ६ थान र लेडिज कुर्ता ३० पिस बरामद भएको महाशाखाले जनाएको छ ।

यी सामानहरु राजश्व छलि गरेर ल्याएको आशंका प्रहरीले गरेको छ । यसअघि रेड लेबल, ब्ल्याक लेबललगायत महँगा ब्रान्डका रक्सीका २ सय ९६ कार्टुनसहित महाशाखाले चार जनालाई पक्राउ गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर