सार्वजनिक सेवा लिँदा खोपकार्ड अनिवार्य गरेपछि अदालतमा रिट
नेपाल प्रेस
२०७८ माघ १८ गते १३:४८
काठमाडौं । सरकारले सार्वजनिक सेवा लिँदा खोपकार्ड अनिवार्य गरेपछि सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
कोरोनाभाइरसको संक्रमण बढेसँगै सरकारले सार्वजनिक सेवा लिन जाँदा कोभिडविरुद्धको खोप लगाएको कार्ड अनिवार्य गर्ने निर्णय गरेको थियो ।
सरकारको सोही निर्णयविरुद्ध अदालतमा रिट दायर भएको हो ।
अधिवक्ता सल्लु तिवारी र सबिन पोखरेल दायर गरेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाइएको छ ।
उक्त रिटको पेशी माघ २० गतेलाई तोकिएको छ ।
प्रतिक्रिया