युवा, विद्यार्थी, महिला र किसान संगठनका महाधिवेशन तत्काललाई स्थगित गर्ने एमालेको निर्णय – Nepal Press

युवा, विद्यार्थी, महिला र किसान संगठनका महाधिवेशन तत्काललाई स्थगित गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले युवा, विद्यार्थी, महिला र किसान संगठनका महाधिवेशन गर्न तत्काललाई रोकेको छ ।

केन्द्रीय सचिवालयको बुधवार बसेको बैठकले आवश्यक तयारीपछि मात्र युवा संघ, अनेरास्ववियु, अखिल नेपाल महिला संघ र किसान महासंघका राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ ।

सबै जनसंगठनलाई फागुनभित्र महाधिवेशन गर्न निर्देशन दिए बमोजिम प्रायः संगठनले चैत पहिलो सातामित्र महाधिवेशनको मिति तय गरेका थिए ।

सचिवालयको बैठकले ती चारबाहेक अन्य जनसंगठनका महाधिवेशन भने निर्धारित मितिमै गर्न निर्देशन दिएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

बैठकले स्थानीय तहको निर्वाचनको तयारीका लागि केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने निर्णय समेत गरेको छ ।

साथै पार्टीको नियमावली तथा जनसंगठन सञ्चालन निर्देशिका समेत सचिवालय बैठकले सुझाव सहित पारित गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर